उद्योग वाणिज्य महासंघको नयाँ बस्तुगत सदस्यको रुपमा रहेको नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघको पहिलो बृहत कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सम्मानित बनाउनुभएको बागमती प्रदेश कृषि विकास मन्त्री मधुसुदन पौडेल, पूर्व कृषि सचिव योगेन्द्र कार्की, राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी सदस्य डा. राजेन्द्र यादब, कृषि विभागका डिजि प्रकाश सन्जेल, पशु सेवा विभागका प्रतिनिधि, बागमती नीति आयोगका पूर्व सदस्य दिपेन्द्र श्रेष्ठ, सिडिक्यानका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा, कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेत तथा उपसभापति राजकुमार कार्की, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैध, FNCCI का केन्द्रीय सदस्यहरू नरेशलाल श्रेष्ठ, कमला श्रेष्ठ, नानीराज घिमिरे, लिलेन्द्र प्रधान, पशुपति देव पाण्डे, हरि कार्की, विभिन्न बस्तुगत संघका अध्यक्षहरू, नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि उद्यम केन्द्रका बोर्ड सदस्य प्रल्हाद दाहाल, मिडिया कर्मी तथा कृषि विज्ञ उद्द्ब अधिकारी,रोटरी क्लब अफ कपन परिवार, युनिप परिवार, नेपाल डेरी एसोसिएसन र कृषि पेशामा आवद्ध सम्पूर्ण महानुभावहरूलाई विशेष धन्यवादसहित हार्दिक आभार व्यक्त गर्दछौं। साथै कार्यक्रममा मोही सहयोग गर्ने नवप्रभात डेरी, ललितपुर र रुद्राक्ष सहयोग गर्नु हुने रुद्राक्ष व्यवसायी सघका अध्यक्ष मनोज चापागाईंलाई विशेष धन्यवाद ।

“समृद्धिका लागि कृषि” भन्ने विषयमा आयोजित बृहत अन्तरकृया कार्यक्रममा तपाईंहरूको उपस्थिति, सहभागिता र मूल्यवान योगदानले कार्यक्रम केवल सम्पन्न मात्रै भएन, अझ अर्थपूर्ण, प्रेरणादायी र प्रभावकारी बनेको अनुभूति हामी सबैले सँगै साझा गरेका छौं। यसका लागि हामी प्रत्येक महानुभावप्रति गहिरो कृतज्ञ रहन्छौं।
उपस्थित हुन नसक्नु भए पनि फोन, सन्देश वा अन्य माध्यमबाट शुभेच्छा, हौसला र सद्भाव प्रेषित गर्नुभएका आदरणीय मित्रहरूप्रति पनि समान सम्मानका साथ धन्यवाद व्यक्त गर्दछौं। तपाईंहरूको साथले कार्यक्रमको ऊर्जा, उत्साह र आत्मबल थप मजबुत भएको अनुभूति भएको छ।
हाम्रो संघ तथा मेरो तर्फबाट सम्पूर्ण अतिथिहरूमा हार्दिक सम्मान प्रकट गर्दै धन्यवाद व्यक्त गर्दछौं। तपाईंहरूको सक्रियता, सहभागिता र निरन्तर सहयोगले आपसी सम्बन्ध, एकता र सहकार्यको भावना झनै गहिरो बनेको छ। आगामी दिनहरूमा पनि यस्तै साथ, सद्भाव र सहकार्य निरन्तर रहने विश्वास व्यक्त गर्दछौं।
अन्त्यमा, कार्यक्रम सफल बनाउन समर्पित सबै सहयोगी हातहरू, आयोजक टिमका सदस्यहरू तथा स्थल व्यवस्थापनमा संलग्न सम्पूर्ण व्यक्तिहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
धन्यवाद।
नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघ तथा परिवार
